काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा हरियाली छाएको छ ।
आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा सीमित भएको छ ।
त्यस्तै २ करोड ६९ लाखको कित्ता सेयर १४ अर्ब ३० करोडमा खरीद बिक्रि भएको छ ।
यो दिन ९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त नगाडी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।