१३ जलविद्युत कम्पनीले लाभांश घोषणा गर्दा, १८ वटाले लाभांश नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४६ वटा जलविद्युत कम्पनीमध्ये हालसम्म १३ वटा कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । भने, १८ वटा जलविद्युत कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । बाँकी जलविद्युत कम्पनीहरु पनि निर्माधिन र वित्तीय क्षमता कमजोर भएकाले सेयरधनीहरुलाई उचित लाभांश दिन्छन् भन्नेमा आशंका देखिएको छ ।

लाभांश घोषणा गर्नेमा बुटवल पावर, चिलिमे हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, रिद्दी हाइड्रोपावर डेभलपमेन्ट, करुण काबेली पावर, अपी पावर, न्याग्दी ग्रुप पावर, नेपाल हाइड्रो डेपलपर, सिनर्जी पावर डेभलपमेन्ट, रैराङ हाईड्रोपावर डेभलपमेन्ट, कालिका पावर, रु रु जलविद्युत परियोजना रहेका छन् ।

जलविद्युत कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश बुटवल पावरले घोषणा गरेको छ । बुटवल पावरको २० प्रतिशत लाभांश रहेको छ । जसमा १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर छ ।

सबैभन्दा कम लाभांश नेपाल हाइड्रो डेभलपरको रहेको छ । नेपाल हाइड्रो डेभलपरले ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश रहेको छ ।

गत आवका लागि पन्चकन्या माई, युनियन, छ्याङ्दी, माउन्टेन, पाँचथर पावर, मैलुङ्ग खोला, ग्रीन लाइफ, हिमालयन उर्जा विकास, खानीखोला, न्यादी, घलेम्दी, रसुवागढी, तेह्रथुम पावर, माउन्टेन इनर्जी, बरुण, हिमालयन पावर पार्टनर, जोशी हाइड्रोपावर र साञ्जेन जलविद्युतले लाभांश घोषणा नगरि साधारण सभा बोलाइसकेका छन् ।

सूचीकृत सेयर संख्या कम र सेयर मूल्य कम भएकाले नेप्से बुलिस ट्रेन्डमा हुँदा जलविद्युत कम्पनीको सेयर मूल्य अचाल्की बढेको थियो । सेयर बजार बढेको बेला जलविद्युतको सेयरबाट लगानीकर्ताले पूँजीगत लाभ आर्जन गरेपनि कमजोर वित्तीय अवस्था तथा सञ्चालनमा नआएका कम्पनीमा लगानी गरिएकाले सेयरधनीले लाभांश प्राप्त गर्न नसकेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स