सेबोन अध्यक्षका लागि दोस्रो पटक आवेदन माग, १२ जनाको आवेदन रद्द

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नका लागि फेरी नयाँ आवेदन माग गरेको छ । यसअघिको आवेदन रद्द गर्दै अध्यक्षको नियुक्तिका लागि नयाँ पुन आवेदन माग गरिएको हो ।

सेबोन अध्यक्ष बन्नका लागि १२ जनाले आवेदन दिएका थिए । त्यो आवेदन रद्द गर्दै सेबोन अध्यक्ष नियुक्तीका लागि गठित छनोट तथा सिफारिस समितिले आज (पुस १५) गते नयाँ सूचना निकालेको हो । समितिले १५ दिन अर्थात् पुस २९ गतेभित्र आवेदन दिन आग्रह गरेको छ । साथै यस अघि आवेदन दिएकाले पनि नयाँ सूचना अनुसार फेरी आवेदन दिनु पर्ने भएको छ । अघि अघि आवेदन दिएकाले आवेदन फिर्ता लिन चाहेमा १५ दिन भित्र निवेदन दिएर फिर्ता गर्न सकिने र आवेदन फिर्ता गर्दा राजश्व पनि फिर्ता हुने समितिले जनाएको छ ।

यो सूचना जारी भएसँगै पुरानो आवेदन स्वत रद्द भएको छ । आवेदन दिनेमा अनिल पौडेल, नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा। गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप–कार्यकारी निर्देशक डा।नवराज अधिकारी रहेका छन् ।

यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वमहाप्रबन्धक सिताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, सेयर बजारका जानकार डा.केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछानेले आवेदन दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स