नेप्सेमा ४ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा मञ्जुश्री फाइनान्स, समिट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले यस दिन मञ्जुश्री फाइनान्सको ४० प्रतिशत, समीट लघुवित्तको २५.२८ प्रतिशत, इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत र चिलिमे हाइड्रोपावरको ७.५० प्रतिशत बोनस सेयर समायोजन भएको छ ।

समायोजन पश्चात मञ्जुश्री फाइनान्सको शेयरमूल्य ६७० रुपैयाँ ७१ पैसा, समिट लघुवित्तको १ हजार १६५ रुपैयाँ ३४ पैसा, इन्फिनिटी लघुवित्तको १ हजार ३०७ रुपैयाँ ७५ पैसा र चिलिमे हाइड्रोपावर ४६७ रुपैयाँ ८१ पैसा कायम रहेको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार मञ्जुश्री फाइनान्सको सेयर प्रतिकित्ता ९३९ रुपैयाँ, समिट लघुवित्तको १ हजार ४६० रुपैयाँ, इन्फिनिटी लघुवित्तको १ हजार ६७० रुपैयाँ र चिलिमे हाइड्रोपावरको ५०२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर पुस १८ गते आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स