आज यी कम्पनीहरूको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधवार ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेमा स्थिर रहेको छ ।

बुधबार २२८ कम्पनीहरुको सेयर ४२ हजार ५१२ पटक कारोबार भएको छ । ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ९१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको सेयर मूल्य घटेको छ ।

नारायणी डेभलपमेण्ट बैंकको सेयर मूल्य सवभन्दा बढी ३.३९ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ५०२ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य २.९६ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३५८.६० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३४८ रुपैयाँमा कारोबार भएको छ ।

साँग्रिला डेभलपमेण्ट बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले घटेकोे छ । सो कम्पनीको हिजोे प्रति कित्ता सेयर मूल्य ३२५.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३२५ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स