आज यी कम्पनीहरुको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधवार ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेमा स्थिर रहेको छ ।

बुधबार २२८ कम्पनीहरुको सेयर ४२ हजार ५१२ पटक कारोबार भएको छ । ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ९१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज पनि मध्य भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य १३३.१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १४६.४० रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९.०८ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३६९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४०२.५० रुपैयाँमा कारोबार भएको छ ।

आईसीएफसी फाइनानसको सेयर मूल्यमा सवभन्दा कम ०.०५ प्रतिशतले बढेको छ । सो बैंकको हिजो प्रति कित्ता सेयर मूल्य ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५८५.३० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स