साढे ५ अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ । बुधबार २२८ कम्पनीको सेयर ४२ हजार ५१२ पटक कारोबार भएको छ । ५६ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ, होटल एण्ड टुरिजम, हाइड्रोपावर, नन् लाइफ इन्स्योरेन्स, उत्पादन मुलक, अन्य, माइक्रोफाइनान्स, म्युचअल फण्ड उपसमूह बढेका छन् ।

ट्रेडिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, लाइफ इन्स्योरेनस र इन्भेष्टमेन्ट उपसमूह घटेका छन् ।

मध्य भोटेकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ ।

नारायणी विकास बैंकको सेयर मूल्य ३.३९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स