नेप्से घट्दा सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगबार २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा पुगेमा स्थिर रहेको छ ।

सोमबार २३० कम्पनीहरुको सेयर ४२ हजार ५८ पटक कारोबार भएको छ । ५८ लाख २८ हजार ७८३ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ८८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

मध्य भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य १२१ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १३३.१० रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल हाइड्रो डेभलेपर्सको सेयर मूल्य ५.३६ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३६५.४२ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३८५ रुपैयाँमा कारोबार भएको छ ।

सांग्रिला डेभलेपमेण्ट बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले बढेको छ । सो बैंकको हिजो प्रति कित्ता सेयर मूल्य ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३२५.१० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स