आज यी कम्पनीका सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो दिन ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा पुगेर स्थिर रहेको छ ।

सोमबार २३८ कम्पनीहरुको सेयर ६७ हजार ७६० पटक कारोबार भएको छ । १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६२० रुपैयाँको कारोबार भएको छ । कारोबारमा ८ कम्पनीको सेयर मूल्य बढेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेण्टको सेयर मूल्य सवभन्दा बढी ८.५४ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ३२८ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३०० रुपैयाँमा खरिदबिक्री भएको छ ।

घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३२९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३०२ रुपैयाँमा कारोबार भएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डको सेयर मूल्यमा सवभन्दा कम ०.०९ प्रतिशतले घटेकोे छ । सो कम्पनीको हिजोे प्रति कित्ता सेयर मूल्य ११.४२ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ११.४१ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स