७० अंकले घट्यो नेप्से, कारोबार साढे ५ अर्ब माथि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज भारी गिरावट देखिएको छ । सोमबार नेप्से ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा आएको छ । आज नेप्से २.६९ प्रतिशतले घटेको हो ।

२३८ कम्पनीका सेयर ६७ हजार ७६० पटक कारोबार भएको छ । १ करोड २ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु घटेर राता भएका छन् ।

गोर्खाज फाइनान्स र मध्यभोटेकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट र घलेम्दी हाइड्रको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स