७१ अंकले बढ्यो नेप्से, ५ अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आइतबार नेप्से ७१.२ अंकले बढेर २५९१.४२ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीका सेयर ६२ हजार पटक कारोबार भएको छ । ८६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्से २.८२ प्रतिशतले बढ्दा जलविद्युत र फाइनान्स उपसमूहमा भने गरावट देखिएको छ । बाँकी अन्य उपसमूह भने बढेका छन् ।

१५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स