साढे ७ सय ग्राहकको लाइन काटेर प्राधिकरणले असुल गर्यो १ करोड बक्यौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण ७ सय ४८ ग्राहकको लाइन काटेर बक्यौता महसुल असुल गरेको छ । प्राधिकरणको धरान वितरण केन्द्रले करिब १ करोड ६३ हजार रुपैयाँ विद्युत महशुल बक्यौता असुली गरेको छ ।

ग्राहकबाट प्राधिकरणले १ करोड ५ लाख ९९ हजार १ सय ८८ रुपैयाँ महशुल उठाउन बाँकी थियो ।

लाइन काटिएका ग्राहकमध्ये ६ सय ५३ जनाले जरिवानासहितको १ करोड ६३ हजार ५ सय ८७ रुपैयाँ विद्युत महशुल बक्यौता बुझाएपछि लाइन पुनःजोडिएको छ । बाँकी ९५ जनाले जरिवानासहितको बक्यौता बुझाएपछि लाइन जोडिनेछ ।

उक्त वितरण केन्द्रले चालु आवमा मंसिरसम्म विद्युत महशुल नबुझाएका ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको हो ।

ती ग्राहकले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि मंसिरसम्मको अवधिमा विद्युत महशुल बुझाएका थिएनन् ।

केन्द्रले सबैभन्दा बढी कात्तिक र मंसिरमा ग्राहकको लाइन काटेको छ । कात्तिकमा ३ सय १४ र मंसिरमा २ सय ७३ जना महशुल नबुझाउने ग्राहकको लाइन काटेको हो । जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स