कालिका पावर कम्पनीको लाभांश घोषणा

काठमाडौं । कालिका पावर कम्पनीले पहिलो पटक सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले पुस ८ गते (बिहीबार)बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरिने १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुँजी ६० करोडको १५ प्रतिशतले हुन आउने ९ करोड बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ३७ हजार बराबरको नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले पुस ३० गते शुक्रबार भरतपुर स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको छ ।

पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स