साढे १२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगको छ । साताको अन्तिम दिन नेप्सेमा २२९ कम्पनीको सेयर ५९ हजार पटक कारोबार भएको छ । ८३ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।

आज विकास बैंक, हाइड्रोपावर र फाइनान्स उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी उपसमूहको सेयर मूल्य बढेको छ ।

शिखर इन्स्योरेन्सको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य ६.७४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स