काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशतका दरले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि समेत १०० प्रतिशत नगद लाभांश गरि कुल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । ६६.६७ प्रतिशत बोनस सेयर पछि नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । नेप्सेले पुस २९ गते बिहान ११ बजे आफ्नै कार्यालयमा ४०औं वार्षिक साधारणसभा आव्हान गरेको छ । उक्त सभामा जान कम्पनीले आगामी पुस १८ गते बुक क्लोज गर्दै छ ।