९२ अंकले बढ्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ८१ लाख ४ हजारको कित्ता सेयर ४ अर्ब ५२ करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, १८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, उपसमूहतर्फ सबै कम्पनीमा हरियाली छाएको छ ।

आज अरुण भ्याली, वरुण हाइड्रोपावर,उपर तामाकोसी र शिवम् सिमेन्टमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स