काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार शुरु भएको डेढ घण्टामा ७० अंकले बढेको छ । डेढ घण्टामा नेप्से ६९.७५ अंकले बढेर २४८५.३० विन्दुमा पुगेको छ ।
२१८ कम्पनीको सेयर २२ हजार ४८० पटक कारोबार भएको छ । २९ लाख ३३ हजार कित्ता सेयर कारोबार हुँदा १ अर्ब ८८ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
सबै उपसमूह बढेका छन् ।