काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बढेको छ । मंगलबार नेप्से ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ ।
आज २२६ कम्पनीका सेयर ३४ हजार २१७ पटक कारोबार भएको छ । ४९ लाख ७४ हजार २५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेका सबै उपसमूहहरु बढेका छन् ।
ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
गोर्खाज फाइनान्सको सेयर मूल्य ८.८९ प्रतिशतले घटेको छ ।