सेयर बजारमा १७ अंकको गिरावट, दुई कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा आइपुगेको छ ।

आज ५४ लाख ३९ हजारको कित्ता सेयर २ अर्ब ४६ करोडमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, ४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज गुराँस फाइनान्स कम्पनी र हिमालयन डिस्टिलरीको मूल्यमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स