प्रोग्रेशिभ फाइनान्सले ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८५ करोड ६१ लाख रुपैयाँ नाघ्ने छ ।

कम्पनीको आगामी साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स