सेन्चुरी बैंकको लाभांश घोषणा

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते (शुक्रबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ५.७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद गरि कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स