काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो चुक्ता पुँजीको सो प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र सोमा लग्ने कर सहित ४.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ । ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ ।