सेयर बजारमा ३७ अंकको गिरावट, २ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट देखिएको छ । बिहीबार नेप्से ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा आइपुगेको छ ।

आज ५३ लाख ७९ हजारको कित्ता सेयर २ अर्ब ३० करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ मिच्योल फन्ड बाहेक सबै कम्पनीहरु राताम्मै देखिएको छ ।

त्यसैगरि १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज सबैभन्दा बढी कमाउनेमा नेपाल बंगालादेश बैंक (९.९९) प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स