नेप्सेमा १६ अंकको गिरावट

काठमाडौं । बिहिबार सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १६ अंकले घटेर ३१०७.४५ विन्दुमा सीमित हुन पुगेको छ ।

त्यसैगरि २ करोड ८८ लाखको कित्ता सेयर १४ अर्ब ३१ करोडमा खरीद बिक्रि भएको छ ।

यो दिन ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको सेयर मूल्य घटेको छ साथै एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन ४ वटा कम्पनी नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिव श्री हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स