ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश पारित, नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नवौं वार्षिक साधारणसभाले २८ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्नेछ ।

वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स