काठमाडौं । गुडविल फाइनान्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने भएको हो।
जसमा बोनस ९.१ र नगद ३.९ प्रतिशत रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।