नेप्से परिसूचक ५.८४ अंकले घट्यो, साढे २ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ अंक विन्दुमा आइपुगेको छ ।

त्यस्तै, ६२ लाख २३ हजारको कित्ता सेयर २ अर्ब ६७ करोडमा खरिद बिक्रि भएको छ ।

आज हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा बढी ४.५५ प्रतिशतले बढेको छ ।

त्यस्तै, सबैभन्दा बढी घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य रहेको छ । कारोबारमा आएका समूहमध्ये तीन समूहमा हरियाली छाएको छ ।

होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य समूह सामान्य अंकले बढेका छन् । बाँकी समूह भने राताम्मे देखिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स