प्रभु बैंकको लाभांश स्वीकृत

काठमाडौं । प्रभु बैंकको लाभांश स्वीकृत भएको छ । प्रभु बैंकका अनुसार राष्ट्र बैंकले मङ्सिर २१ गते लाभांश स्वीकृत गरेको हो।

बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स