सामुदायिक लघुवित्तले सेयरधनीहरुलाई लाभांश नदिने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुलाई यस वर्षको लाभांश नदिने भएको छ । संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णाय गरेको हो ।आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा नगरेसँगै सेयरधनीहरुले लाभांश नपाउने भएका हुन् ।

बैठकले आगामी वार्षिक साधारणसभामा बोनस र नगद लाभांश मात्रै होइन हकप्रद सेयरको पनि कुनै प्रस्ताव गरेको छैन ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स