सर्वोच्चद्वारा सेबोन अध्यक्ष ढुंगाना बर्खास्ती मुद्दामा सरकारलाई कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्ती मुद्दामा सरकारलाई कारण देखाउ आदेश दिएको छ । सर्वोच्चले सेबोन अध्यक्ष ढुंगानालाई किन बर्खास्त गरेको भन्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधिश तेज बहादुर केसीको एकल इजलाशले उनलाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

साथै रिट निवेदन ढुंगानाको माग बमोजिम अन्तरिम आदेश जारी नहुने आदेश इजलाशले गरेको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पुनर्बहालीको माग गर्दै भिष्मराज ढुंगानाले कार्तिक ७ गते दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सरकार गैर कानुनी रुपमा हटाएर आफुमाथि अन्याय गरेको भन्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट निवेदन ढुंगानाको माग बमोजिम अन्तरिम आदेश दिने किन नदिने भन्ने विषयमा छलफल गर्न अदालतले दुबै पक्षलाई बोलाएको छ ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानाले दिएका स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि असोज १९ गते, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो ।

यसअघि उनीसँग सरकारले स्पष्टिकरण सोधेको थियो । असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय बमोजिम ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स