नेप्सेमा ८० अंकको उतारचढाव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा आज उतारचढाव देखिएको छ । मंगलबारको कारोबारमा नेप्सेमा ८० अंकसम्मको उतारचढाव देखिएको छ । शुरुवाती १ घण्टाको कारोबारमा नेप्से बढेर २५९० विन्दुसम्म पुगेको थियो । तर अन्त्यमा नेप्से २५०८.विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्से ३७.१८ अंकले घटेको हो ।

सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ विन्दुमा पुगेको छ ।

आज २३१ कम्पनीको सेयर ४९ हजार ७४१ पटक कारोबार भएको छ । ८३ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स