मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १७ प्रतिशत लाभांश प्रस्तावित लाभांश स्वीकृत भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको उक्त लाभांश प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले संस्थाको प्रस्तावलाई स्वीकृत गरेको हो ।

उक्त स्वीकृत लाभांशलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड ११ लाख रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ नाघ्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स