काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४३ वटा हाइड्रोपावरमध्ये ९ वटाले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । बाँकी हाइड्रोपावरहरु पनि लाभांश घोषणा गर्ने तरखारमा छन् ।
लाभांश घोषणा गरेका सबै हाइड्रोपावरको बुक क्लोज भइसकेको छ । हाइड्रोपावरमध्ये सबैभन्दा धेरै लाभांश न्यादी ग्रुप पावर ग्रुपले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको छ । न्यादीले २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।
हाइड्रोपावर कम्पनीहरुको लाभांश यस्तो छ