सय अंकले फर्कियो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुधार उन्मुख देखिएको छ । आज कारोबार शुरु भएको पहिलो १ घण्टामा उच्च गिरावटको सामना गरेको नेप्से त्यसपछि भने लयमा फर्किएको थियो ।

सोमबार पहिलो १ घण्टामा नेप्से घटेर २४४० विन्दुसम्म पुगेको थियो । तर आज कारोबार बन्द हुँदा नेप्से ३२.२२ अंकले बढे २५४६.०८ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इन्डेक्स ७.६३ अंकले बढेर ४८०.९७ विन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीका सेयर ६९ हजार ८८८ पटक करोबार भएको छ । ९४ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु बढेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स