नेप्से राताम्मे, ७२.३ अंकको गिरावट

काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ । आइतबार नेप्से ७२.३ अंकले घटेर २५१३.८८ विन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा पुगेको छ ।

आज २२६ कम्पनीको सेयर ६० हजार ८८ पटक कारोबार भएको छ । ८९ लाख २० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु घटेर राता भएका छन् । आज सबैभन्दा धेरै नन् लाइफ इन्स्योरेन्स २५१.१२ अंकले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स