नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश पारित

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैकको शुक्रबार सम्पन्न ३५ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को १६ प्रतिशत कुल लाभांश दिने प्रस्ताव पारित गरेको हो । जसमा १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश रहेको छ ।

यो अवधिमा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कुल चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको १ खर्ब ६८ अर्बबाट वृद्धि भइ १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । कुल लगानी अघिल्लो वर्ष १ खर्ब ४० अर्बबाट वृद्धि भइ खर्ब १६२ अर्ब रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स