एनआईसी एशिया बैंकले ५ अर्बको डिबेञ्चर निष्कासन गर्दै , आवेदन दिने मिति कहिले छ ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ अर्बको डिबेञ्चर निष्कासन गर्दै छ । बैंकले चैत २५ गतेदेखि एनआईसी एशिया डिबेञ्चर २०९१ निष्कासन गर्ने जनाएको छ ।

१० वर्ष अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागिएको बताइएको छ ।

कुल निष्कासनमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र २० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणतर्फको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

 

 

प्रतिक्रिया

हेडलाइन्स