एकैदिन चार कम्पनीको ९७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन चार कम्पनीको ९७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार, चार कम्पनीको कुल ९७ लाख ८ हजार ७०८.८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमा, कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत दरका कुल १ लाख २१ हजार ८६७.५० कित्ता सेयर सूचीकृत भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ३.६५१६ प्रतिशत दरका कुल १२ लाख ५२ हजार ८४४.१७ कित्ता सेयर सूचीकृत भएको छ ।

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको १० प्रतिशत दरका कुल ७९ लाख ८३ हजार ९९७.२० कित्ता सेयर सूचीकृत भएको छ ।

सुपर माई हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत दरका कुल ३ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

हेडलाइन्स