काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।
जसमा १८ लाख ४८ हजार २९८ आवेदन सदर भएको छ भने २ लाख हजार ५२७ आवेदन बदर भएको छ ।
यसरी कुल सदर आवेदकबाट २ करोड १२ लाख ८२ हजार २४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये १ लाख ४७ हजार ६०० जनालाई १० कित्ताका दरले १४ लाख ७६ हजार कित्ता सेयर बाँडफाँट गरिएको छ ।
कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी–९आईएस०’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व भुक्तानीको सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओको नतिजा केही समयपछि यी वेबसाइटबाट हेर्न सकिने छ
१. बिक्री प्रबन्धक प्रभु क्यापिटल : https://nmbcl.com.np/ipo
२. सिडीएससीको मेरो शेयर : https://meroshare.cdsc.com.np/#/login
३. सिडीएस : https://iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।