काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तको साढे ७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, दुई लघुवित्तको कुल ७ लाख ७४ हजार ४४४.८८ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा, सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको ६ प्रतिशतले हुन आउने कुल ६ लाख २६ हजार १९९.७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको १३.७७५ प्रतिशतले हुन आउने कुल १ लाख ४८ हजार २४५.०९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।