ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ चैत १२ गते मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटलले समय भने तय गर्न बाँकी रहेको जनाएको छ ।

कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६६३ जना आवेदकले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

कम्पनीको आईपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

जुन कम्पनीले निष्काशन गरेको सेयरको १६.०२ गुणाबढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रर्थाबाट सेयर बाँडफाँट हुनेछ । जसमा १ लाख ४७ हजार ६ सय जनाले सेयर हात पार्ने छन् । त्यस्तै, १८ लाख ४१ हजार २३६ जनाको हात रित्तो हुने देखिन्छ ।

कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी–(आईएस)’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व भुक्तानीको सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स