नेप्सेमा एक वाणिज्य बैंकसहित तीन कम्पनीको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंक सहित तीन कम्पनीको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार, तीन कम्पनीको कुल १ करोड ७४ लाख ५४ हजार ५४.४०२ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा, लक्ष्मी सनराइज बैंक लिमिटेडको ५ प्रतिशतले हुन आउने कुल १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ७.६० प्रतिशतले हुन आउने कुल ७ लाख ९८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

साना किसान विकास लघुवित्तको १३.३० प्रतिशतले हुन आउने कुल ५० लाख ६२ हजार ४७७.१५२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

हेडलाइन्स