काठमाडौं । बिहीबार, नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज ९५ लाख ९९ हजार कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, दोल्ती पावरको ७.५३%, एसियन हाइड्रोपावरको ५.४९%, सिन्धु विकास बैंकको ४.९७%, गार्डियन माइक्रो लाइफको ४.४३%, स्वेत गंगा हाइड्रोपावरको ४.२५%, केबीएल डिबेन्चरको ४.०२%, नबिल डिबेन्चरको ३.७९%, प्रभु बैंक डिबेन्चरको ३.२१%, प्रभु स्मार्ट फण्डको ३.०८%, युनाइटेड मोदी हाइड्रोपावरको २.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।