काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
संस्थाको बुधबार बिहान बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।
संस्थाले २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।