काठमाडौं । पुँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने नयाँ नियम भोलिदेखि लागू हुने भएको छ ।
नेप्सेको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य कायम गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई चैत ७ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
यसअघि बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको थियो ।