प्रोग्रेशिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । खरिद आवेदन कम्पनीको सञ्चालक समितिसमक्ष पेश गर्नु पर्नेछ ।

यससम्बन्धी विस्तृत जानकारी काठमाण्डौ तीनकुनेमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने छ ।

प्रतिक्रिया

हेडलाइन्स