साढे ५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा दोहारो अंकको गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ९९ लाख ३५ हजार कित्ता सेयर ५ अर्ब ४० करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ३० करोड ७४ लाख, महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५९ लाख, सीईडीबी होल्डिङस्को १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स