नेप्से ७ अंकले बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७८ लाख ६५ हजार कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गार्डियन माइक्रो लाइफमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
नेपाल ल्यूब आयलको ९.९७%, सपोर्ट माइक्रो फाइनान्सको ८.९६%, भूगोल इनर्जीको ८.४१%, नेपाल रि इन्स्योरेन्सको ६.२८%, मोलुङ हाइड्रोपावरको ५.७९%, सगरमाथा जलविद्युतको ४.८३%, घोराही सिमेन्टको ४.५०%, माथिल्लो मैलुङ खोला जलविद्युतको ४.४६%, एचआईडीसीएलको ४.३८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स