मौद्रिक नीतिको समिक्षाले पुँजी बजारलाई सम्बोधन नगर्दा ८० अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको समिक्षामा पुँजी बजारलाई प्रभाव गर्नेगरी नीतिगत व्यवस्था नगर्दा आइतबार नेप्से राताम्मे भएको छ । मौद्रिक नीतिको पहिलो समिक्षामा पुँजी बजारलाई सम्बोधन गर्ने विषय समावेस गरिएको थिएन ।

सेयर बजारका लागानीकर्ताले मौद्रिक नीतिको समिक्षामार्फत् ४÷१२ र सीडी रेसियोमा राष्ट्र बैंक लचक हुने विश्वास व्यक्त गरेका थिए । तर राष्ट्र बैंकबाट त्यस्तो किसिमको कुनै बुँदा समिक्षामा राखिएन ।

आइतबार नेप्से ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा आइपुगेको छ ।

२३४ कम्पनीको सेयर ७० हजार ८४२ पटक कारोबार भएको छ । १ करोड १९ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु राता भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह ५३८.०३ अंकले घटेको छ ।

बजार घटेपनि आईसीएफसी फाइनान्सको सेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ ।

हिमालयन पावर पाटर्नर र मानुषी लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा माथिले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स