काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५६ लाख ३७ हजार कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गार्डियन माइक्रो लाइफमा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।
वीन नेपाल लघुवित्तको ९.६९%, अप्पर हेवाखोला जलविद्युतको ९.१४%, लक्ष्मी लघुवित्तको ८.१४%, उपकार लघुवित्तको ८.१०%, सगरमाथा जलविद्युतको ६.५२%, नारायणी डेभलपमेन्ट बैंकको ५.७४%, एलआईसीको ५.६४%, राष्ट्रिय बीमा कम्पनीको ४.६२%, सीवाईसी नेपाल लघुवित्तको ४.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।